रुकुम चौरजहारीमा भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराईने

फागुन १६

रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूले जग्गा प्राप्त गर्ने भएका छन् ।

राष्ट्रिय भूमि आयोगको कार्य जिम्मेवारी,  ऐन र कार्यविधिबमोजिम जग्गा प्राप्त गर्ने भएका हुन् । जग्गा प्राप्तिका लागि आवेदन पेस गरेका ४९० आवेदन पेस भएका छन् ।

राष्ट्रिय भूमि आयोगको लगत सङ्कलन कार्यविधिबमोजिम मङ्गलबार वडा नम्वर १, २, ३ र ४ का आवेदन पेस गरेका १२२ जनालाई निस्सा वितरण गरिएको छ नगर प्रमुख पुष्प वादी ज्यु ले जानकारी दिनु भयो ।

चौरजहारी नगर प्रमुख पुष्प वादी, राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका अध्यक्ष मीनबहादुर ओली र आयोगका विज्ञ सदस्य सुशील विष्ट लगायतले भूमिहीन दलित, सकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई पहिलो चरणमा निस्सा वितरण गर्नुभएको छ ।

पहिलो दिन १४ जना भूमिहीन दलित, २ जना सुकुम्वासी र १०६ जना अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको हो । बाँकी आवेदकको निस्सा सम्बन्धित वडामार्फत् वितरण गरिने चौरजहारी नगरपालिकाको कार्यालयले जनाएको छ ।

निस्सा वितरण आवेदन दर्ता गरेको प्रमाण भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनु भयो । यो प्रारम्भिक चरणको कार्य हो उहाँले भन्नुभयो यसको दावी विरोधको सूचना आह्वान हुने र अन्तिम टुङ्गो लागेकाहरूको विवरण वडा, नगरपालिका कार्यालय हुँदै भूमि आयोगको जिल्ला कार्यालयमा पुग्छ ।

वास्तविक भूमिहीन र अव्यवस्थित बसोवासीहरूको पहिचान गरी नापीनक्सा समेतको कार्य पश्चात् जग्गाधनी प्रमाण पत्र समेत प्राप्त हुने बताइएको छ । आफ्नो स्वामित्त्वमा भूमि नभएकाहरूका लागि जग्गा प्रदान गर्ने कार्य जनहीतमा आधारित भएको भूमिहीनहरूले बताएका छन् । भूमिहीन दलितले जग्गा प्राप्त गर्नु मौलिक हकको सच्चा कार्यान्वयन भएको उनीहरूको प्रतिक्रिया दिएका छन् ।

चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग रुकुम ९ पश्चिम का अध्यक्ष मीनबहादुर ओली, विज्ञ सदस्य सुशील विष्ट, नापी कार्यायल रुकुम ९पश्चिम० का प्रमुख तुलसीराम भुसाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल लगायतको उपस्थिति मा निर्णय गरिएको हो।