काठमाडौंको टोखामा एक व्याक्तीले पेट्रोल छर्केर शरिरमा आगो लगाए

फागुन १८

काठमान्डौ – काठमाडौंको टोखा नगरपालिका,१ को चेकपोष्ट नजिक जंगलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन् ।

नुवाकोटको लिखु गाउँपलिका,१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको र उनको अवस्था गम्भीर रहेको उनले बताए । आफैं आगो लगाउनुको कारण खुलेको छैन ।

 

lekbesi