नाइट क्लबमा काम गर्ने युवतीमाथि सामुहिक बलात्कार

फागुन १९

काठमान्डौ – काठमाडौँको गोठाटारमा एक युवतीमाथी सामूहिक बलात्कार भएको छ । दरबारमार्गको नाइट क्लबमा काम गर्ने युवतीमाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

गत माघ २० मा दुई जना मिलेर २२ वर्षीया युवतीलाई गोठाटारस्थित एउटा होटलमा बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले सिन्धुपाल्चोक घर भएका पदम घयाम्जो तामाङलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

lekbesi

अभियुक्त तामाङ ट्याक्सी चालक हुन् । बलात्कारमा संलग्न अर्का एक जना फरार छन् ।