रुकुम चौरजहारी

प्रधानमन्त्रीको प्रतिबद्धता चितवन घटना बालिकाको परिवारलाई न्याय दिलाउने छु

रुकुम आठ विसकोट

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको परिवारलाई न्याय दिने प्रतिबद्धता दिएका छन।

यस्तै उक्त घटनाको तत्काल छानबिन गर्न प्रधानमन्त्री दाहलले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन समेत दिसकेको बताएका छन।

घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध प्रधानमन्त्रीले भनेका छन।
गत १२ गते शनिबार रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा कक्षा ८ मा पढ्ने मृतक १४ वर्षीया शालिन पोखरेल प्लाष्टिकको डोरीले पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका,१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन्। फागुन २०