आज देश भरमा बर्षाको संभावना मौसम बदली हुने
फागुन २०
काठमान्डौ – आज देश भरमा बर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमि वायु चलिरहेको छ।
आज देशभर साधारणतया बदलीको अवस्था छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशका धेरै ठाउँमा र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखााले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
देशका बाँकी भूभागको थोरै स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना छ
।
साथै देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।