पूर्व उपराष्ट्रपतिका छोरा माथी छानबिन गर्न गृहमन्त्री रवि लामिछानेको निर्देशन
काठमान्डौ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्रमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।
आइतबार आईजीपी वसन्त कुँवरलाई जितेन्द्रमाथि छानबिन गर्न मन्त्री लामिछानेले निर्देशन दिएका हुन।
जितेन्द्र पूर्व उपराष्ट्रपति पुनका जेठो छोरा हुन् । उनले ४ वर्षअघि चीनबाट अवैध रूपमा सुन ल्याएको आरोप लागेको छ ।
जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरेर सुन ल्याएर भुक्तानी नदिएपछि सो विषय सार्वजनिक भएको हो । प्राविधिक रूपमा कसरी अनुसन्धान गर्ने भन्नेबारे छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए ।
जितेन्द्रले चिनियाँ कारोबारिसंग सुन ल्याउदा बनेको भिडियो अहिले सामाजिक संजालमा भाईरल बनेको छ।फागुन २७