गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओलि

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन।

आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरेका हुन।

लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै अध्यक्ष ओलीले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर समेत गरे।
उनले सहकारीपीडितले चाँडै न्याय पाउने समेत उल्लेख गरे ।

“कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो उनले भने।

यस्तै प्रदेश सरकारको भागबण्डा र कम्युनिष्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने उनको भनाई छ। सोमबार एमाले डडेल्धुराको नवौँ अधिवेशन उद्घाटन गरेर धनगढी हुँदै ओली काठमान्डौ आएका हुन। चैत ६