सल्लीबजारमा जिप दुर्घटना हुँदा ८ जना घाईते ,,

साउन १३ , काठमाण्डौ – जाजरकोट बाट नेपालगंज तर्फ आँउदै गरेको जिप सल्लीबजारको बनगाड कुपिण्डे नगरपालिका १ समाईलामा दुर्घटना हुँदा ८ जना घाईते भयका छन् ।जिप अनियन्त्रित भई लु १ ज ३९३४ न. को जिप आज बिहान ११ : १५ मा दुर्घटना भयको प्रारम्भिक अनुसन्धानले बतायको छ ।घाईतेको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको छ। घाईते हुनेमा जाजरकोट ४ गा. पा .बारकोटका नर बहादुर बोहरा , बिष्णु बस्नेत सल्यान बनगाड कुपिन्ड़े न . पाका देब बा राना ,तुलसी राना ,जाजरकोट भेरी न .पा ४ का गोपाल नेपालि , आशा नेपालि , आयुष बिक श्री भक्त कार्की र बाँके नेपालगंज कोहलपुर न पा १४ का खेम घले रहेका छन् ।

फोटो साभार दुर्गा बुढाथोकीको फेसबुक बाट ,,