रवि लामिछानेको चित्त बुझ्दो जवाफ नआएपछि काङ्ग्रेसले आज पनि संसद अवरोध गर्ने

काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बुधबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने भएको छ ।

सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो ।

सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने भनेको छ ।

कांग्रेसकै मागबमोजिम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जवाफ दिएपनि कांग्रेसले अडान छोडेको छैन ।

प्रधानमन्त्रीले रवि लामिछानेलेको बचाउ गरेका छन भने एमाले अध्यक्ष केपि ओलीले पनि रवि लामिछानेको बदनाम गरिएको बताए । चैत ७