आचरण विपरित काम गर्ने ३८ जना प्रहरी निलम्बन ,,

साउन,१३ विराटनगर – प्रदेशन. १ मा प्रहरी आचरण विपरीत कार्य गर्ने ३८ जना प्रहरी सहित एसपी विध्यानन्द माझी निलम्बनमा परेका छन् । आर्थिक वर्ष ०७४/७५ मा प्रदेशका १४ जिल्लाका ६५२ इकालमा कार्यरत प्रहरी मध्ये ३८ जनालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरु आफ्नो पेशाप्रति जावाफदेहि नभयको भन्दै निलम्बनमा परेका हुन् तत्कालीन समयमा सुनसरी प्रहरीका प्रमुख रहेका माझीलाई बालिका बलात्कारको घटनामा ‘मिलापत्र’ गराएको भन्दै विभागीय कारबाही स्वरुप प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । तर, एसपी माझीमाथिको निलम्बन फुकुवा भइसकेको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय डोटीमा छन् ।

सोही घटनामा इटहरीस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक चिरन्जीवि दाहाल पनि निलम्बनमा परेका थिए ।
छ प्रदेश प्रहरी कार्यालयले एक वर्षको अवधिमा कसुरको मात्रा हेरी ३५६ जनालाई कारबाही गरेको जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) केदार रिजालले प्रहरी संगठन भित्र व्यवसायिक र दक्ष, इमान्दार प्रहरी कर्मचारी निर्माणका लागि प्रयास भइरहेकाले आफ्नो पेशा र मर्यादा विपरीत काम गर्न प्रहरी कर्मचारीलाई छुट नहुने बताए । ‘हामी नमूना प्रहरी बनाउने अबधारणा अनुसार अघि बढेका छौ,’ उनले भने, ‘हाम्रो यो यात्रामा कोही प्रहरी कर्मचारी बाधक बन्छ भन्ने ऊ विभागीय कारबाहीको भागिदार हुन्छ ।
