संगै सुतेका बेला खन्तीले हानेर साथीको ह*त्या
बिर्तामोड – झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी साथीको ह*त्या भएको छ।
साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका,२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई ह *त्या गरिएको हो।
आज विहान ५ सनमको ह*त्या उनकै साथी अन्दाजी २५ वर्षीय कमान सिंह राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कमान र सनम साथी हुन्। कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले ह*त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुन्डीराज गिरीले जनाकारी दिए।
ह*त्या गर्ने कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ह*त्या गर्नुको कारण भने अनुसंधान भैरहेको गिरिले जनाए ।