बझाङमा चट्याङ लागेर एक जनाको ज्यान गयो छ घाईते

चैत १०

बझाङ -बझाङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा गएराति साढे नौ बजे घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यस्तै जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नरेन्द्रबहादुर सिंहकाअनुसार घाइते हुनेहरुमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ वर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, ९ वर्षीय नितेश सिंह र १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् ।

lekbesi

घाइते सबैको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।