एमाले नेता टोपबहादुर रायमाझीलाई जेलमा लगियो

चैत १७

काठमान्डौ – एमाले नेता टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्ज पछि उनलाई जेलमा लागिएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलका अनुसार रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीलाई त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको थियो ।

lekbesi

थुनामा रहेकै अवस्थामा रिंगटा लागेर रक्तचाप कम हुने समस्या देखिएपछि रायमाझीलाई बुधवार राति अस्पताल लगिएको थियो । ४८ घण्टा स्वास्थ्य अवस्था निगरानीपछि अवस्था सामान्य देखिएको र गएराति डिस्चार्ज गरिएको डा.पौडेलले बताए ।