गुडिरहेको स्कुटरमाथी सल्लाको रुख ढल्यो एक जनाको ज्यान गयो

चैत १७

पाल्पा –  शनिबार आज अपराह्न चलेको हावाहुरीले सल्लाको रुख ढल्दा पाल्पामा सडकमा गुडिरहेको स्कुटरमा चढेका एक युवकको मृ,त्यु भएको छ ।

हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा अन्य तीनजना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा-डुम्रे सडक जरे पिपलनजिकै उत्तिस र सल्लाको रुख ढलेर लाग्दा स्कुटर चालक पाल्पाको तानसेन नगरपालिका ५, कैलाशनगरका २० वर्षीय भुवन सिँजालीको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

lekbesi

लु.८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा हावाहुरीले ओतिने क्रममा च्यापिएको प्रहरीले जनाएको छ ।

हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग.१०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।
पानीसहित आएको हावाहुरीले रुख ढलेको  कारण केही समय पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको यात्रु देवेन्द्र पौडेलले जानकारी दिए ।

स्कुटर र मोटरसाइकलमा चढेका अन्य तीनजना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।