गैडाको आक्रमणमा परि गोरखाका नेचर गाईडको ज्यान गयो

बैशाख २

चितवन – गैडाको आक्रमणमा परि नेचर गाइडको ज्यान गएको छ।पर्यटक घुमाउन चितवन निकुञ्ज गएका एक (टुरिस्ट गाइड) को शनिबार गैंडाले आक्रमण गर्दा निधन भएको हो।

गोरखा आरुघाट गाउँपालिका ८ पोखरी घर भई चितवन रत्ननगर नगरपालिका,६ सौराहामा डेरा गरी बसेका जंगल बर्ड रिसोर्ट सौराहाका गाइड ३३ वर्षीय सुवास रेग्मीको आक्रमणमा परी ज्यान गएको हो।

चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बच्चा सहितको गैडाले उनिमाथि आक्रमण गरेको खुलेको छ।

lekbesi

उनलाई निकुञ्जको हात्तीसहितको टोलीले गम्भीर घाइते अवस्थामा फेला परेका थियो ।

रेग्मीको उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको थियो ।

आक्रमणमा परेपछि दौडेर जंगलभित्र हराएका कारण समयमै उद्धार गर्न कठिन भयो। सायद समयमै उद्धार हुन सकेको भए उनलाई बचाउन सकिन्थ्यो कि ।