surkhet

इरानद्वारा इजरायलमाथी हमला सुरू

बैशाख २

surkhet

काठमान्डौ – हिंजो राती देखि इरानले इजरायलमाथी हमला सुरू गरेको छ ।

यो इजरायलमाथि इरानको पहिलो प्रत्यक्ष आक्रमण हो। यो लडाइँमा अमेरिका र बेलायत इजरायलको पक्षमा सकृय छन् भने रूसले इरानलाई साथ दिने घोषणा गरेको छ।

दोश्रो विश्वयुद्ध पछि यो घटना सबै भन्दा भयानक घटना हो।
अस्तिमात्र अमेरिकी राष्ट्रपतिले इरानलाई इजरायलमा हमला गर्न बाट रोकिदिन चीन, साउदी र कतारसङ्ग हारगुहार गरेका थिए।

Dailekh
Gorkha

अहिलेको विश्व भूराजनीतिमा सबैभन्दा बढी अमेरिका डराएको छ। अमेरिका युद्धमा फसे धारासायी हुने निश्चित छ।

इरानी हमलाको पूर्व सन्ध्यामा रूसी र चिनियाँ विदेशमन्त्रीका बिचमा बेईजिङमा प्रलयकारी सम्झौता भएको छ। सहमती अनुसार रूस वा चीनमा अर्को पक्षले हमला गरेमा दुबै देशले एकले अर्कोलाई युद्धमा सहयोग गर्न राजी भएका छन।

 

यसलाई दुबै देशले ‘Double Counter Action’ को संज्ञा दिएका छन्। रूस र चीनसङ्ग सहमत हुने अन्य देशहरूलाई समेत यो सम्झौतामा जोड्न वार्ता सुरू भैसकेको छ। यसको स्पष्ट अर्थ हो- NATO को सामना गर्न अर्को सैन्य गठबन्धन।

salyan