कुखुरा लगेर भागेको स्याल लखेटदा महिला घाईते

बैशाख ३

रामेछाप – रामेछापमा स्यालले कुखुरा लगेर भागेको स्याललाई लखेट्दा एक महिला घाईते भएकि छिन।

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका २ टगम बस्ने ३६ बर्षकी सुनिता कार्की स्याल लखेटदा घाईते भएकि हुन।

आफ्नै घरमा स्यालले कुखुरा लग्यो भनी लखेट्न उठ्ने क्रममा एक तले घरको बरण्डाबाट लडी गम्भीर घाइते भएकी छिन् ।

lekbesi

घाईते कार्कीको टाउकोमा चोट नाकबाट चोट लागेपछि जिरी अस्पताल दोलखामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।