सुन प्रतीतोला एक लाख ३९ हजार नाघ्यो

बैशाख ४

काठमान्डौ – बजारमा सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँले उकालो लागेर कीर्तिमान कायम गरेको छ ।

लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सात सय रुपैयाँले उकालो लागेर एक लाख ३९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

तेजाबी सुन आज प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० निर्धारण भएको महासंघले जनाएको छ ।

lekbesi