लोकप्रिय कलाकार बल्छी धुर्बेको यति मीठो स्वरमा निर्मोही बजारमा

बैशाख ६

काठमान्डौ – बरिस्ठ  निर्देशक दिपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको निर्मोही गीत बजारमा सार्वजनिक भएको छ।

लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ( बल्छी धुर्बे ) को स्वर रहेको यो गीतमा बल्छी र पुजना घिमेरेको अभिनय देख्न सकिन्छ।

यो गीतको केही अंश अस्ट्रेलियामा छायांकन गरिएको छ भने अन्य छायांकन नेपालका विभिन्न स्थानमा भएको निर्देशक तिमिल्सिनाले बताए ।

lekbesi

 

कलाकार बल्छी धुर्बेले पछिल्लो समय गीतमा आवाज दिने गरेका छन। उनले यस अघि पनि केही गीतमा आवाज भरीसकेका छन।

निर्देशक तिमिल्सिना संगीत क्षेत्रमामा एक अब्बल निर्देशकको रुपमा चिनिन्छन । उनले निर्देशन गरेका सयौ गीत करोड क्लबमा छन।

यस अघिका गीत जस्तै दर्शकले निर्मोहीलेलाई पनि माया गर्ने आशा राखेको उनी बताउँछन।

यो गीतको संगीत भने एचबिएन किस्मतले गरेका हुन ।गीतको शब्द राजु सुनामले लेखेका छ्न ।