रोमियो मुनाको प्रसंसा हलमा ,,
साउन १४ – शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रोमियो एन्ड मुना’को विशेष शो आइतबार जय नेपाल हलमा आयोजना गरिएको छ । शोमा सहभागी भयका नायक तथा नायिकाले लगायतले चलचित्रको प्रसंशा गरे । नायिका केकी अधिकारिका अनुसार यस्तो चलचित्र विरलै बन्ने पनि बताइन् । उनले भनिन्-‘चलचित्र हेरिरहँदा मेरा आँखा रसाए ।
यस्तै, चलचित्र हेर्न पुगेकी अर्की नायिका रीमा विश्वकर्माले सुन्दर र सरल लभ स्टोरी कथामा चलचित्र बनेको बताइन् । उनले, नायिका श्रृष्टी श्रेष्ठको कामको खुलेरै प्रशंसा पनि गरिन् । चलचित्र हेर्न पुगेका निर्देशक हेमराज वीसी, नायकद्धय गौरव पहारी र नाजिर हुसेनले पनि चलचित्रको प्रशंसा गरे ।
यस्तै, चलचित्र हेर्नका लागि निर्देशक दीपाश्री निरौला, निर्देशक सविर श्रेष्ठ, कलाकार लक्ष्मी गिरी, नायिका संचिता लुइटेल, मिरुना मगर, नायक आर्यन अधिकारी हल पुगेका थिए । लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई नरेश कुमार जोशीले निर्देशन गरेका हुन् भने प्रशन्न गोपाली यसका निर्माता हुन् । चलचित्रको ब्यापार भने तेती उपलब्धि भयको छैन ।चलचित्र हेरे संगै दर्शकले नायक नायिका सँग सेल्फी हान्न पनि भ्यायाका छन् ।
