रुकुम चौरजहारी

सुर्खेत गुर्भाकोट टिम्मुरेको गाउँमा खाने पानीको समस्या

बैशाख १२

रुकुम आठ विसकोट

सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका ३ टिम्मुरेमा खाने पानीको हाहाकार देखीएको छ।

गर्मी बढेसङै टुम्मुरे माथिल्लो काउले गाउँमा खाने पानीको अभाव भएको हो।

करिब ४० घर परिवारलाई पानी खान मुस्किल भएको स्थानीय बताउँछन। रोका टोल नजिकै भएको पानिको मुल सुकेपछि खाने पानीको अभाव देखिन्छ ।

स्थानीयले पहिले पनि सोही मुलबाट पानी खाने गरेका थिए । अजिले भने उक्त मुलमा पानी सुकेपछि पानी खाना गार्हो भएको हो।

यस्तै स्थानीयलाई खाने पानी नै नभएपछि वस्तु भाउले समेत पानी खान पाएका छैनन। अहिले स्थानीयहरु बिहान भाडा कुडा बोकेर काउले खोलातिर पानी लिन जान थालेका छन।

टिम्मुरेमा खाने पानीको अभाव विगतकै समस्या हो। पहिले जस्तो मुलमा पानी नआउने भएपछि अहिले सोहि टोलमा खाने पानीको अभाव छ।

पानी ल्याउने नजिक मुल पनि नभएको स्थानीको गुनासो छ । नजिकै ठूलो जंगल भएपनि कुनै खाने पानीका मुलहरु छैनन।

काउले खोलाको पानी गाउँमा डिपिआरको काम थालिन गर्ने भनेपनि उक्त काम हुन सकेको छैन । काउले खोलाको पानी स्थानीय माझ ल्याउन भने त्यति सजिलो छैन।

गुर्भाकोट नगरपालिकाको माथिल्लो लामीडाडा अट्क टोल बाईकाडा हिले लगायतमा समेत खानेपानीको अभाव देखिने गर्छ ।

भौगोलिक हिसाबले मिल्दो नभएपछि र बस्ती टाढा हुँदा स्थानीय बिहानैदेखि पानी लिन धारामा लाईन लाग्ने गर्दछन।

तस्वीर : लाल बहादुर बुढा