यो वर्षको तीज प्रदेशमा दिदि नआउँदा लोमस बने निराश ,,

साउन १४ , काठमाण्डौ – यो वर्षको फरक र मार्मिक गीत बनेको छ प्रदेशको गीत । यो गीतले छुट्टै फरक खालको संदेश समाजमा दियको देखिन्छ। सम्झना सिंहले निर्माण गरेको गीतमा एक प्रदेशी दिदिको बिलौना र घरमा भाईको कथालाई समेटियको छ। हिन्दु हरुको महान चाडमा गनिने महिला हरुको बिशेष पर्व तीजमा धेरै महिला हरु रमाउने त घर परिवार सँग कुनै भेट्न नसक्ने हरु दुखमा परेको सबैले महसुस गरेकै कुरा हो ।यस्तै कारुणिक चित्रण भयको म्युजिक भिडियोमा पनि अहिलेका चर्चित , स्मार्ट ब्वाई लोमस शर्माले सात समुन्द्र पारिमा रहेकी आफ्नी दिदिलाई नेपालबाट मायाको सम्झना सँगै बिलौना गरेका छन् ।यो वर्ष आउन नपाय पनि अर्को वर्ष अबस्य भेट हुने उनको मनमा कौतुहलता छ। रंगदर्पण ईनटरटेनमेन्टको पनि यहिँ सुभकामना छ ,दिदि भाई र घर परिवारको स्नेह बढ्दै जावोस र भेट होस्।

लोमस शर्मा अहिले निकै बेस्त देखियका छन्, उनि एक सफल अभिनयका रुपमा आफुलाई देखाउन गईरहेका छन्। लोमस बहुप्रतीभाका धनि अभियन्ता हुन्। डान्स , स्लोव देखि अन्य बिटको गीतमा नाच्न सक्ने लोमस यो वर्षको तीजमा दर्जन भन्दा बढी गीतमा अभिनय गरेको उनि बताउछन। तीजलाई बिदाई गरे पछि अन्य गीतको पर्खाईमा रहेको पनि लोमसले रंग दर्पणलाइ बताय। रमाईलो हेरिरहु खालको नाच दर्शकलाई देखाउने लोमश सँगै हेरेर कहिले नथाक्ने भिडियो निर्माण गर्ने शिब मेडियालाई पनि हाम्रो स्नेह छ ।गीत संगीतमा भ्याई नभ्याई कर्म थलोमा कुना, कन्दरा, रानीबन ,पाखामा पुगने चर्चित निर्देशक कोरियोग्राफर शिब बिक र चर्चित क्यामेरामेन सम्भु चालिसे ज्यु प्रति हार्दिक नमन गर्दछौ ।एल बि सुबाशको संगीत शब्द / जानुका पौडेलले कोरेका मार्मिक अक्षरलाई सम्झना सिंह र विश्व बिनोदले आवाज दियका छन्। रबिन बिक र रमेश रसाईलीको सम्पादनमा लोमस , दिपाषा ,संचिता र सुष्मा सिंहको उत्क्रिस्ट अभिनय देखियको छ ।आउनुस हामि पनि एक नजर क्लिक गरौ ,,।