Gold

भरतपुरको दद्रेनीमा स्कुल बसमाथि आगजनि

Naumule Migrate

चितवन – भरतपुरमा नचिनेको समूहले स्कुल बसमा आगजनि गरेको छ।

महानगरपालिका २० दद्रेनी खोला पुलमा नचिनेका मानिसको समूहले स्कुल बसमा आगजनि गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बाग्मती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसमा छ जनाको समूहले आगजनी गरेको खुलेको छ।

बस जलाउने व्यक्तिहरूको पहिचान गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । बसमा लागेको आगो स्थानीय र प्रहरी मिलेर निभाएका थिए ।आगजनीबाट बस जलेर पूर्ण रूपमा क्षति भएको छ। बैशाख ३०

 

Naumule Badhipahiro