प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिदै
काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि ७ गते सोमवार विश्वासको मत लिने भएका छन।
जनता समाजवादी पार्टी (जसपा) नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको छ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिनुका थिए । जेठ ४