नातिनीलाई कलेज भर्नाको लागि पुर्व राजा ज्ञानेन्द्र सपरिवार बैंकक प्रस्थान ,,
साउन १५ , काठमान्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह कान्छी नातीनीलाई उच्च शिक्षाका लागि कलेज भर्ना गर्न बैङ्कक जाने भएका छन्। रविभवनस्थित लिंकन स्कुलबाट माध्यमिक शिक्षा सेकेकी कृतिकालाई पनि दिदीले नै पढ्ने कलेजमा भर्ना गराउन लागेका हुन्।
जेठी नातिनी पूर्णिकासँगै कृतिकालाई लिएर बुधबार बैंकक जान लागेको पूर्वराजाका निजी सचिव सागर तिमल्सिनाले जानकारी दिए। उनको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लागेका हुन्। पारश शाह भने नेपालमै बस्ने जानकारी श्रोतले जनायको छ ।पूर्वराजा ज्ञानेन्द्र १५ दिनपछि मात्र नेपाल फर्कने तय भयको छ ।