आज भोलि झ्याप झ्याप बत्ती किन जान्छ फेरी कुलमान ,,
साउन,१६ काठमाडौं – वर्षायाममा विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । प्राधिकरणले भने प्रसारण तथा वितरण लाइनमा आउने समस्याका कारण यस्तो बिजुली कटौतीको समस्या आउने गरेको बताउने गरेको छ ।पुरानो प्रणाली भएकाले यसलाई स्तरोन्नति नगरेसम्म यस्तो समस्या समाधान गर्न नसकिने अवस्था रहेको प्राधिकरणको तर्क छ ।
लोडसेडिङको चुनौती पन्छाएपछि प्राधिकरण अब यस्ता अनियमित बिजुली कटौती गर्नुपर्ने समस्या समाधानका लागि अघि बढेको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।यसका लागि वितरण लाइनबाट काठको पोल हटाउनेदेखि ‘मल्टिपल रिंग बैंक’ बनाउनेसम्मको प्रयास सुरु भएको छ । कुलमानका अनुसार ४ लाख काठका पोल हटाउन पर्ने छ। त्यो समयमा केहि अबरोध हुन सक्छ ।तैपनि नहातारिन जनतालाई सुझाब दियका छन् ।बर्षौ देखि १८ घण्टा सम्म लोडसेडिंगमा रहेका राजधानी देखि अन्य जिल्लाका जनता हरुलाई २४ घण्टा बत्ति दिने कुलमानको यो अभियान निरन्तर जारि छ।