surkhet

यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पस्चिमकि युवतीको *मृ*त्यु

जेठ १५

surkhet

रुकुम पश्चिम – यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुम पश्चिमको एक युवतीको *मृ*त्यु भएको छ।

आठविसकोट नगरपालिका -४ गोतामकोेट बिष्ट गाउँ निवासी २२ वर्षिया जमुना बिष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला *मृ*त्यु* भएको वडा अध्यक्ष नरसिं बिष्टले जानकारी दिए।

Gorkha

वडा अध्यक्ष बिष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वती बिष्टसहित घर फर्कदै गरेको बेला बाटोमै उनको *मृ*त्यु भएको हो ।

Dailekh

वडा अध्यक्ष बिष्टले जमुनाको शव जिल्ला अस्पताल दुनैमा ल्याउने क्रममा रहेको जानकारी दिए। अस्पतालमा पोष्टमार्टम पश्चात जमुनाको शव गोतामकोट ल्याईने तयारी गरिरहेको उनले उल्लेख गरे।

जमुनाको घरमा अहिले उनको आमा मात्र छिन। बुवा र दाई रोजगारीको सिलसिलामा भारत पुगेका छन भने जेठी दिदिको विवाह भईसकेको छ । कान्छी बहिनी र अन्य नातेदारहरुको साथमा यार्सागुम्बा टिप्न डोल्पा गएकी उनले प्रमाणपत्र तहको अध्ययन पुरा गरेकी छिन।

salyan