surkhet

बुटवलमा जीप दु,र्घटना हुँदा घटनास्थलमै तीन जनाको मृ’त्यु

जेठ ३१

surkhet

बुटवल – बुटवलमा जीप दु,र्घटना हुँदा घटनास्थलमै तीन जनाको मृ’त्यु’ भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनमा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको घटनास्थलमै मृ,त्यु, भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Gorkha

५ जना सवारमध्ये दुई जना घाइते भएका छन्। घाइतेमध्ये बुटवल ९ की चन्दा श्रेष्ठको अवस्था गम्भीर छ। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको र अर्की घाइते बुटवल ११ की लक्ष्मीता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पण्डितले बताए। उनको अवस्था मध्यम रहेको छ।

Dailekh

प्रहरीका अनुसार ओरालोमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको प्रहरीले जनाएको हो। जीप सडकबाट करिब एक सय मिटर तल जीप खसेको छ।

salyan