surkhet

गुर्भाकोट नगरपालिका सुर्खेतका नगर प्रमुख हस्त पुन र उपप्रमुख मैना बिकलाई कर्णाली प्रदेश कलाकार समाज द्वारा सम्मान ,,

surkhet

साउन १९ , काठमान्डौ – कर्णाली प्रदेश समाजले एक औपचारिक सुभकामना सम्मानित कार्यक्रमको आयोजना गरेको छ। कलाकार कर्मीको हक हितको लागि र सामाजिक रितिरिवाजको पहिचान गीत संगीतको जगेर्ना गर्ने हेतुले गरेको कार्यक्रममा कर्णाली प्रदेशका नगरप्रमुख हस्त पुन , उपप्रमुख मैना बिक, सुर्खेत जिल्ला क्षेत्र नं -१ कांग्रेसका क्षेत्रीय सभापति खडक पोख्रेल र गुर्भाकोट युवा क्लबका कोषाध्यक्ष कमानसिं बि.कलाई सम्मानित गरेको छ ।

कार्यक्रममा केन्द्रिय सदस्य ईन्चार्ज गैरसहकारी संस्था माहासंघ नेपाल कर्णाली प्रदेशका डिल्लुप्रसाद घिमिरेका साथै अन्य कलाकर्मीको उपस्थिति थियो। कार्यक्रममा नगरप्रमुख हस्त पुनले कालाकारको हक हितको लागि जगेर्ना भयको संस्था कर्णाली प्रदेशसलाई आफु जन प्रतिनिधि भयको नाताले राजनीतिक संकेतले नहेर्ने र आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन दिनु भयो। कलाकारको आवाज बुलन्द रुपले अगाडी बढ्न पाउनु पर्छ,। हाम्रा कला र संस्कृति रहेनन् भने हामि र हाम्रो पहिचाननै नरहने भन्दै सम्पूर्ण कर्णाली प्रदेशका कलाकार एक जुट भयर अगाडी बढ्न समेत आग्रह गर्नु भयो। पुनले भन्नु भयो म स्वागत योग्य जन प्रतिनिधि हु म पनि सरकारको नीति नियममा बाँधियको छु। सधै सकारात्मक सोच लियर अगाडी बढ्ने छु, कलाकारलाई सधै पोजेटिभ रुपमा हेर्ने छु, भन्दै सुभकामना दिनु भयो।

तेस्तै सुभकामना मन्तब्यमा बोल्दै उपप्रमुख मैना बिकले क्षेत्रका कालाकारलाई एक जुट भयर अगाडी बढ्न र समाज जागरणमा लागन आग्रह गरेकी छन् ।सुर्खेतको विभिन्न ठाँउ कुन कन्दरा बाट राजधानीमा आयर कालाकर्मी एक भयको र आफुलाई स्वागत गर्दा हर्षित भयको बताउदै मैनाले भनिन। अहिले यो कलाकारको सिजन पनि हो, तेसैले आफ्ना क्षेत्रमा भयका विभिन्न प्रतिभा र अविस्मरनिय ठाँउलाई संकेत गरेर गीत संगीतमा अगाडी बढाउनुस। तेस्को लागि आफु विभिन्न तवरबाट कलाकार र नागरिकलाई सहयोग गर्ने प्रतिबदत्ता जनाईन।

Dailekh
Gorkha

संस्थाकि अध्यक्ष टिका पुनले बोल्दै २०७१ सालमा निर्माण भयको संस्थाले हाल सम्म आँउदा भने भन्दा बढी प्रगति गरेको र यसको लागि ब्याक्ति मात्र नभयर सरकारी तवरबाट पनि एकनजर हेर्दिन आग्रह गरिन। महिला हरुको चाड तीज नजिकै आयको हुँदा टिका पुनले कार्यक्रममा तीजको गीत सुनायर मनोरंजन गराईन। सम्झना आयो आमाको बरिलै गीत प्रस्तुत गर्दा कार्यक्रममा सहभागी प्रमुख हस्त  पुन ,उपप्रमुख मैना बिक लगायत उपस्थितजन हरु नाचेर रमायका थिय। केहि बर्ष पहिले देखिनै मैना र टिका यौटै संस्थामा काम गर्दै आयको र लामो समय पछि यसरि भेट हुँदा एक अर्कामा खुसि साटा साट गर्दै सेल्फी हान्दै कार्यक्रमको बिसर्जन टिका पुनले गरिन। कार्यक्रमको संचालन संस्थाका महासचिव धनराज चुनाराले गरेका थिय। संचालनमा बोल्दै चुनाराले भने कालाकारलाई राज्यले पनि पछि पारेको र कलाकारको जगेर्ना नभयको भन्दै यसको सुरुवात क्षेत्र , देखि केन्द्र सम्म हुन पर्ने माग राखेका छन्।

तस्विरमा हामि ,,

salyan