रुकुम चौरजहारी

गुल्मी पहिरोमा पुरिएर एकै घरका ४ जनाको मृ ,त्यु

असार १६

रुकुम आठ विसकोट

गुल्मी – शुक्रवार राती गुल्मी पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका अर्जे -६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए ।

पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गत शुक्रबार अविरल बर्षा आएको थियो भने घर पुरिएको शनिबार मात्र थाहा भएको थियोे ।