surkhet

राप्ती नदिमा वेपत्ता दुई जनाको शव फेला

असार २३

surkhet

दाङ – राप्ती नदीमा बगेर बेपत्ता भएका दाङका दुई जनाको शव फेला परेको छ ।

शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका,७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका,८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए ।

Gorkha

उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।

Dailekh

यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको पनि शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो ।

हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।

 

salyan