सुप्रिमले लाजै नमानी कसलाई भने माया सँग नाच्ने छ रहर..

साउन २० , काठमाण्डौ – गीत संगीतको बजारमा तहल्का मचाउदै गायक सुप्रिम राज विश्वकर्माले यो वर्षकै हिट र नाचौ,नाचौ गीत बजारमा ल्यायका छन् ।  महिला हरुको पर्वको रुपमा मानिने हरितालिका (तीज ) जताततै छाउने गरेको छ  । वास्ताबैमै भन्ने हो भने साउन महिना देखीनै हिन्दु हरुको चाड सुरु भयको मानिन्छ ।  , सुदुरपशिमबाट राजधानीमा संघर्सत जिबन बिताउदै गरेका गायक सुप्रिम छोटो समयमै नाम कमाउन सफल व्यक्ति हुन्  ।

आयो बरै तीजको लहर ,, बोलको गीतमा आवाज संगै  सुप्रिमले मार्मिक शब्द पनि कोरेका हुन्। पुतली भई नाचनलाई आको छु भन्दै सुप्रिमलाई गायिका शिला विश्वकर्माले आवाजमा साथ दियकि छन् ।अर्जुन सुनामले संगीत भरेको रातो सारी सिरबन्दीमा दिपासा बिसी र राजेन्द्र चुनाराको ओई काली र ओइ कालेको कम्मर मर्केको देखिन्छ ।

उत्क्रिस्ट भिडियो निर्माण छायांकन शम्भु चालिसे र निर्देशक नरेश सोनीले गीतमा आकर्षण सजावट गरेको देखिन्छ ।गीतको अडियो र भिडियो उतिकै दर्शकलाई राम्रो लागेको कमेन्ट प्रतिक्रिया आयको देखिन्छ। रंगिन कलर सम्पादन गर्ने कहिले काममा नथाक्ने शान्तमय व्यक्ति रबिन बिकले डिजाईन गरेको भिडियोलाई विकल क्रिएशनले बजार बेबस्थापन गरेको छ। आउनुहोस हामि पनि हेरौ यो लोभ लाग्दो भिडियो ,,