रुकुम चौरजहारी

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीनजनाको ज्यान गयो

साउन १

रुकुम आठ विसकोट

रुकुमपश्चिम् – रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको ज्यान गएको छ । आठबिसकोट नगरपालिकाको गिजागार खोलामा बाढी आउँदा एक जना वेपत्ता हुनुका साथै सात जना घाइते भएका छन् ।

गएराति आएको बाढीले आठबिसकोट नगरपालिका,१२ को झिन्चौरमा बाढीले घर बगाउँदा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको ज्यान गएको आठविसकोट नगरपालिकाका मेयर रबी केसीले जानकारी दिए ।

उनका अनुसार डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन भने उनको खोजी भैरहेको छ।

घाइतेहरु १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामीको नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।