सर्पको टोकाईबाट घाइते भएकोलाई हेलिकप्टरबाट उद्दार
साउन ५
कालिकोट – कालीकोटमा सर्पको टोकाइबाट गम्भीर बिरामी परेका एक जनालाई हेलिकोप्टरबाट उद्दार गरिएको छ।
कालीकोटको शुभकालिका गाउँपालिका,६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार भएको छ ।
हिजो आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर बिरामी परेका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो ।
जिल्ला अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । कालिकोटमा जिल्लामा सर्पदंशको उपचार नहुँदा समस्या हुँदै आएको छ ।