छ बजेदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक नौ बजेबाट सुचारु भएको छ
सुर्खेत २१ ,बिहिबार
घुमाउने र जलबिरेमा पहिरो जाँदा सोमबार बिहान सवा छ बजेदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक नौ बजेबाट सुचारु भएको छ । पहिरो सफा गरेपछि दुई तर्फी रुपमा नै गाडी चल्न सुरु गरेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी निरीक्षक वेदप्रसाद गाैतमले बताए ।
नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपकाे दुई लेनकाे फराकिलाे सडक बनाउँन ठाउँ-ठाउँमा पहाड काटिएकाे ठाउँमा पानी परेपछि पहिराे खसेर बाटाे बन्द हुने गर्छ ।नारायणगढ मुग्लिन सडक राजधानी काठमाडाैं र पर्यटकीय सहर पाेखरालाई देशकाे पुर्व र पश्चिम भागसँग जाेड्ने मुख्य सडक हाे । याे बाटाे हुँदै दिनहुँ १० हजार गाडी अाेहर दाेहर गर्छन् । पहिराेले बाटाे थुनिदा हज्जाराैं यात्रु मारमा पर्छन् ।
त्यसैगरी पृथ्वीराजमार्ग अन्तर्गत पर्ने धादिङ जिल्लाको तिघ्राङखानिको पहिरो हटाउने कार्य भईरहेको र खुलाउन अझै एक डेढ घण्टा लाग्ने अनुमानट्राफिक प्रहरीको छ ।