suekhet
bheriad

काँडाघारीबाट अपहरण गरिएका बालकको शव भेटियो, दुई अपहरणकारी मारिए

lekabesi

बिहिबार २१, श्रावन
काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भक्तपुरको सानोठिमीस्थित नवदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको हो।

‘अपराधीहरुलाई खोजी गर्ने क्रममा भेटिएकाहरुलाई पक्राउ गर्न खोज्दा भएको मुठभेडमा दुई जना मारिएका छन्’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने। उनीहरु साथबाट एउटा पिस्तोल र धम्क्याउन प्रयोग गरेको एउटा सिमकार्ड पनि बरामद गरेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे। उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन्। बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ।