Gold

बिहे भन्दा पहिले छुन दिन्न बोलको गीत दर्शकको रोजाईमा पर्यो

साउन ३०

Naumule Migrate

काठमान्डौ – बिहे भन्दा पहिले छुन दिन्न मैले बोलको गीतले छोटो समयमा दर्शकको माया जितेको छ।

पछिल्लो समयमा एक पछि अर्का गीतहरु बजारमा आउने क्रम जारीनै छ तैपनी यो गीत देश बिदेशमा रहेका दर्शकको लागि लोकप्रिय बनेको देखिन्छ ।

गीतमा लोकप्रिय गायिका शान्ती श्रीष मगरको स्वर रहेको छ उनले गायका थुप्रै गीत बजारमा हिट छन । गायिका शान्ती श्रीषले दर्शकसामु मिठा मिठा कोशेली पस्किने गरेकी छिन।

सुरेस राणा मगरको शब्द संगीत रहेको उक्त गीतमा संचिता बोलाखे , लोसिना लामिछाने दिनेश थापाको अभिनय देख्न सकिन्छ। गीतलाई जेरि भण्डारीले निर्देशन गरेका छन।

छोटो समयमा निर्देशन कोरियोग्राफीमा फड्को मारेका जेरिले यो बर्षको तिजका गीत सबै भन्दा बढी निर्देशन गरेका छन। उनले निर्देशन गरेका थुप्रै गीत ट्रेन्डिङमा बजिरहेका छन। गीत गायिका शान्ति श्रीष मगर अफिसियल युटुबबाट बजारमा पठाईएको छ।

Naumule Badhipahiro