रुकुम चौरजहारी

तिज विशेष कार्यक्रममा कलाकारहरुको बेजोड प्रस्तुति रहने

भदौ ७

रुकुम आठ विसकोट

काठमान्डौ – नजिकै आईरहेको हरितालिका तिज पर्वको अवसरमा तिज विशेष कार्यक्रम हुने भएको छ।

सेवा समाज नेपाली क्ल्व महाराष्ट्र नवि मुम्बईको आयोजनामा सेप्टेम्बर ४ भाद्र १९ गते तिज विशेष कार्यक्रम हुन लागेको हो ।

पर्देशमा रहेर पनि नेपाली कला संस्कृतको जगेर्ना गर्ने र कलाकारलाई माया गर्ने क्ल्वका अध्यक्ष लोकेन्द्र मल्ल ठकुरीले मुम्बैको खार घर सेक्टर १२ उत्कर्स हल प्लोट न १३ मा उक्त कार्यक्रम हुन लागेको बताए ।

कार्यक्रममा गायक धर्मेन्द्र सुनार ,बाल गायिका कल्पना बिष्ट , गायक पबिन्द्र सुनार , श्री कान्त राना क्षेत्री , मीन बिश्वकर्मा ,लगायत मोडल हेमा सापकोटाको बेजोड प्रस्तुती रहने छ।

महिलाहरुको महान पर्व मानिने हरितालिका तिज यो बर्षको भाद्र महिनाको २३ गते परेको छ। यहि अवसर पारेर कलाकारले बजारमा गीत सार्वजनिक गरिरहेका छन भने विभिन्न देशमा दर्शकलाई मनोरंजन गराउन प्रोग्राममा जाने क्रम चलिरहेको छ।