Gold

प्रहरीको गाडीको ठक्करबाट झापामा एक सर्वसाधारणको मृत्यु

Naumule Migrate

२२ साउन, मंगलबार

बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइरालाइ पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे८प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे१ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो ।

प्रहरीको गाडीको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Naumule Badhipahiro