Gold

अल्छीलाग्दो मन्त्रालयमा नबस्ने भन्दै दिपक मनाङेले दिए राजीनामा

Naumule Migrate

काठमान्डौ – गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ दिपक मनाङेले मन्त्री पदबाट राजीनामा दिएको छन ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत पत्र पठाएर दीपक मनाङेले मन्त्रीबाट राजीनामा दिएका हुन।

हिजो सरकार पुनर्गठन हुँदा मनाङेले मुख्यमन्त्री पाण्डेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए । तर वन मन्त्रालयमा केही कामै नहुने र बजेट पनि थोरै हुने भएकाले अल्छीलाग्दो मन्त्रालयमा नबस्ने मनाङेले बताए । आफूलाई अहिले मन्त्री बन्न अल्छी लागेको पनि उनको भनाई छ।

यसअघि मनाङे भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रहेका थिए । विगतमा दुई पटक विश्वासको मत दिएर सरकार जोगाएका मनाङेलाई मन्त्री बनाइरहने अडान लिएका मुख्यमन्त्री पाण्डेले हिजो मन्त्रालयसमेत फुटाएर ७ वटाबाट ९ वटा पुर्याएका थिए ।

मनाङेले आफ्नो साटो मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजङ्ग गुरुङलाई मन्त्री बनाउन पनि सुझाव दिए। यस्तै मन्त्री पद दिदा पैसाको डिल हुने पनि दिपक मनाङेले बोलेको कुरा मिडियामा सार्वजनिक भएपछि रानितीमा तरङ्ग निस्कीएको छ। भदौ १८

 

 

Naumule Badhipahiro