लोकदोहोरी गायक अर्जुन सापकोले गरे विवाह

असोज २३

काठमान्डौ – लोकदोहोरी गायक अर्जुन सापकोटाले लगनगाँठो कसेका छन् ।

बुधबार काठमाडौंमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमिका दीपा सिंखडासम्म विवाह गरेका हुन ।

गोंगबुको एक ब्यांक्वेटमा उनीहरुले विवाह गरेका हुन् । यी दुईबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो।

कलाकारिता क्षेत्रभन्दा बाहिरकी युवतीसँग सापकोटाले विवाह गरेका हुन् । सिंखडा बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो ।

गायक अर्जुन सापकोटाका ‘पछ्यौरी लिसियो, ‘बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन् । उनी गायनसँगै मोडलिङ समेत गर्छन् ।

उनका फ्यानहरुले सामाजिक संजालभरी वैवाहिक जिवनको सुभकामना आदान प्रदान गरिरहेका छन।