एसिया कपका लागि नेपाल आउँदै भारतीय ब्याटिङ प्रशिक्षक
२३ साउन, काठमाडौं । अब केही दीनपछि एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिमको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई आउने भएका छन् ।
एसिया कप अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेशियामा हुनेछ । अगस्ट १५ सम्म उनी आइपुगने “प्रशिक्षक टमाटाले भने” । एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।
छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् । यसअघि पनि भारतीय प्रशिक्षकहरु मोन्टी देसाई, उमेश पटवाल र सुलक्षण कुलकुर्णीले नेपाली टिमलाई ब्याटिङ सिकाइसकेका छन ।
नेपालले आफ्नो पहिलो खेल २९ अगष्टमा ओमन संगखेल्दै पर्तियोगिताको थालनी गर्ने छ । नेपालले पर्तियोगितामा होंकोंग युएई जस्ता देसहरु संग खेल्न पर्न हुदा सजिलो भने हुने छैन ।