surkhet

झापामा बसको ठक्करबाट एकै घरका दुई जनाको ज्यान गयो

कार्तिक ७

surkhet

विराटनगर – झापामा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृ,त्यु भएको छ ।

बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र. १– ०१ – ००१ ख ४३३१ नम्बरको रात्रिबसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनीको मृ,त्यु भएको हो ।

उनीहरु इलेक्ट्रिक साइकलमा सवार थिए । दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिन बसमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

salyan