चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले यस्तो बनाउदैछ क्रिकेट रंग शाला ,,
साउन,२३ काठमाडौं – लामो समयदेखिको खोजतलास पछि कलाकार ‘धुर्मुस’सुन्तली फाउन्डेसनले क्रिकेट रंगशालाको लागि उपयुक्त ठाँउ छानेको छ सरकारको पहल र जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको चार महिनाभन्दा बढी पछि विभिन्न स्थानमा रहेका जग्गा हेर्दै जाँदा अन्तत चितवनमा फाईनल गरेका छन् ।
यसैत भरतपुर महानगरपालिकाले पहिले नै रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनलाई आमन्त्रित गरेको थियो ।अब कुनै व्यवधान नआए चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण हुनेछ । यसका लागि केही दिनभित्रै धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने मेयर रेणु दाहालले बताइन् । ‘हामी अहिले सो जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रियामा छौ, केही दिनमै टुंगो लाग्छ,’ उनले भनिन् । दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । सट्टाभर्नामा क्याम्पसलाई अर्को जग्गा दिने महानगरपालिकाको योजना छ ।
करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा सम्पन्न हुने मेयर दाहालले बताइन् । जग्गा मात्र दियर नहुने र धुर्मुस सुन्तली फाउन्डेसनको जिम्मा लगायर मात्र रंगशाला नबन्ने पनि दाहाको ठहर छ। जग्गा पाय दुई वर्ष भित्र रंगशाला निर्माण गर्ने धुर्मुसको जिकिर छ। तेस्को लागि आर्थिक श्रोत भने कँहा बाट जुकाट गर्ने भन्ने छलफल भईरहेको छ ।सामाजिक अभिन्ताका रुपमा चिनियको यो फाउन्डेसनले भुकम्पपिडितलाई चार वटा नमुना बस्ति बसाली सकेको छ ।सरकार भन्दा पनि जनताको प्यारो बनेको फाउन्डेसनले अब अन्तरास्ट्रिय स्तरको क्रिकेट रंग शाला निर्माणको जिम्मा लागेको छ ।
