गीताको संदेशमुलक पहिलो तीज गीतमा पहिलो महिला सभामुखले गरिन चर्चा, पहिलो नायिका हरुको नाच हेर्नुहोस भिडियो ,,

साउन २३ , काठमान्डौ – विभिन्न श्रस्ठा सर्जकले गीत संगीत सार्बजानिक गर्ने क्रममा सञ्चारकर्मी गीता अधिकारीले पनि यो वर्षको फरक र समाजमुलक गीत एतै घमाईलो उतै घमाईलो दर्शकसामु ल्याएकी छिन। गीतमा सारिका घिमिरेको स्वर छ ।यो गीत नेपालको पहिलो नायिका अभिनित तीज गीत पनि हो। सार्बजानिक गीतमा गीताले आफै शब्द कोरेकी छन भने दिपक शर्माको संगीत छ। गीताले महिला हरुलाई दु:ख नमानी संगर्ष रहित जिबन अगाडी बढ्न र समाज उन्मुख काम गर्न समेत गीत बाट शब्द सयोजन गरेकी छिन। नारि सचेतना संदेश रहेको म्युजिक भिडियोमा चैत्यदेवी , भुवन चन्द,बसुन्धरा भुसाल ,रुपा राना ,सारिका घिमेरेको कम्मर लच्कियको छ।

गीतको हाउ भाउबाट पनि नेपालि चेलीलाई अगाडी अग्रसर हुन यो गीतको संदेश हो। युवाराज वईवाको निर्देशन रहेको भिडियोमा विरेन्द्र भाट विपिनको छायांकन रहेको छ। मनिता गहतराजको नृत्य निर्देशन रहेको आकर्षण भिडियोलाई मिलाप पब्लिकेशनले प्रस्तुत गरेको छ ।सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्बजानिक गरियको हो। कार्यक्रममा नेपालकै पहिलो सभामुख ओम सरि घर्तिको प्रमुख आतिथ्यामा गीत निर्माणकर्मी हरुलाई मायाको चिनो हस्तान्तरण गरियको छ ।गीतको तारिफ गर्दै घर्तीले समाज जागरणको अभियान गीत भयकोले आफु खुसि भयको समेत बताईन र सुभकामना दीईन ।,कार्यक्रममा नेपाल पत्रकार माहासंघका अध्यक्ष सान्ता राम विडारी ,चलचित्र संघका पुर्व अध्यक्ष शान्ति प्रिय ,वरिस्ठ कलाकार मोहन निरौला ,लय संग्रौला , उतम केसी ,संगीतकार राजु सिंहले सुभकामना दियका छन्।

संचारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा गीतकार गीता अधिकारीले आफु सानै देखि गीतको रुचिकार भयको र कविता , कथा लेख्ने गरेको बताईन ।, गीताले भनिन यो मेरो पहिलो तीज गीत हो। उनले सबैको स्नेहको आवस्यकता  र आशावादी भयको भन्दै रंग दर्पण डटकम लाई बताईन ।, कला साहित्यको बाक्लो उपस्थितिमा भयको कार्यक्रमलाई मिलापले आयोजना गरेको हो। खुसीको कुरा यो छ कि गीताको पहिलो तीज गीतमा नेपालको पहिलो नायिका भुवन चन्द ,नेपालको पहिलो रंगिन चलचित्रको नायिका चैत्यदेवी ,हास्य साम्राज्ञी बसुन्धरा भुसाल ,नायिका रुपा राना ,सारिका घिमिरेको अभिनय छ ।

बधाई तथा सुभकामना सम्पूर्ण टिमलाई भिडियो हेर्न यँहा थिच्नुहोस ,,