बालेनले एमालेलाई १ लाख जरिवाना गरेपछि संखर पोख्रेलले यस्तो भने
काठमान्डौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।
काठमाडौं महानगरपालिकाले दरबारमार्गमा सभा गरेर फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने पत्र पठाएपछि महासचिव पोखरेलले एमालेविरुद्ध मेयर बालेन परिचालित छन् भन्ने प्रस्ट भएको आरोप लगाएका हुन् ।
महासचिव पोखरेलले कार्यक्रमस्थल एमालेकै स्वयंसेवकले सफा गरिरहँदा जरिवानाको पर्चा पठाउनुले बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने बुझ्न सकिन्छ उनले भने ।
काठमाडौं महानगरका मेयर बालेन एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ,’ महासचिव पोखरेलले भनेका छन् ।
कार्यक्रम सकिएपछी हाम्रा स्वमसेवकहरुले सफा गर्दै थिए । हामिले महानगरको गाडी पनि बोलाएका थियौं । तर हामिलाई पर्चा काटियो उनले भने ।मंसिर ८