नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृ,त्यु,
मंसिर १०
काठमान्डौ – नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ तीन जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर इच्छाकामना गाउँपालिका ६ नौकिलोमा सडक किनारमा पल्टिएको प्रहरीले जानकारी दिएको हो।
चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु भएको र तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।
मृतकको पहिचान खुलेको छैन ,घाइते दुई जनाको भरतपुरमा उपचार भइरहेको छ । घाइते मकवानपुर हेटौडा उपमहानगरपालिका १८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यस्तै दुर्घटनामा परेका मकवानपुरगढी गाउँपालिका ६ का २७ वर्षिय सुसन विक सकुसल रहेको महतोले बताए । दुर्घटनापश्चात केहीबरे अबरुद्ध भएको सडकखण्ड सुचारु भएको छ ।