दाङका कैदीबन्दीले गलैँचा, मुढा बनाएर पैसा कमाउने र घर पठाउने गर्दै

मंसिर ३०

दाङ -दाङको कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् ।

केही कैदीले परिवारलाई खर्चसमेत पठाउने गरेका घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरले जानकारी दिए।

उनका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबापत पाँचदेखि ८ सय र मुढा बनाएर महिनाको ४ देखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्त तथा अन्यले खरिद गर्ने गरेका छन् ।

कारागारमा एक सय जना क्षमताको कारागारमा ४ सय १५ जना बन्दी रहेको खुलेको छ।