हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृ,त्यु

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका,८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी ३८ वर्षीया महिलाको मृ,त्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

शनिबार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका,८ को किराँत चोकस्थित बागमती नदी किनारमा गएर उनले आफैलाई आगो लगाएकी थिइन् ।

उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बस्ने गर्थिन् । उनले आगो किन लगाईन भन्ने बारे भने खुल्न सकेको छैन। मंसिर २८