जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट दुई जना प,क्राउ

पुस १४

काठमान्डौ – जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना प,क्राउ परेका छन् ।

१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो । प,क्राउ पर्ने हरुको नाम भने प्रहरीले खुलाएको छैन।

उनीहरूले ती किशोरीलाई घुम्न जाने भन्दै फकाएर आफ्नो कोठामा लगि मंगलबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।

सोही उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।